३ आश्विन २०८१, बिहीबार

जंगली च्याउ खाँदा मकवानपुरमा एकको मृत्यु, चार जना बिरामी

फाेर्स दैनिक

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका ७ दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ। एकै परिवारका अन्य चार जना गम्भीर बिरामी भएका छन्।वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर चेपाङका अनुसार च्याउ खाँदा स्थानीय ५५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो।सँगै च्याउको तरकारी खाएका एकै परिवारका चार जनाको स्वास्थ्य अवस्था गम्भीर छ। उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ।अध्यक्ष चेपाङका अनुसार मृतक दलबहादुरका श्रीमती जालीमाया, छोरी रेन्जु, सविना र छोरा सुुशील हुनुहुन्छ। बिरामीको उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाइएको हो।

१० असार २०८१, आईतवार १७:५६ मा प्रकाशित
Nabintech