३ आश्विन २०८१, बिहीबार

कोन्ज्योसोम गाउँपालिकाको बजेट ४४ करोड ५१ लाख

रमेश प्रसाद घिमिरे

ललिततपुरको कोन्ज्योसोम गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ४४ करोड ५१ लाख ५२ हजारको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष राजन प्रसाद घिमिरेद्धारा कोन्ज्योसोम गाउँपालिकाको गाउँसभाको १४ औ अलिवेशनमा प्रस्तुत आर्थिक वषि २०८१/०८२ कोबजेट बक्तव्यमा संघिय सरकार, प्रदेश सरकार, जिसस र आन्तरिक श्रोतबाट प्राप्त हुने अनुदान र राजस्वबाट उक्त रकम पालिकालाई प्राप्त हुने उल्लेख गरिएको छ ।

गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेटको लागिनेपाल सरकारको वित्तिय समानिकरण अनुदानबाट रु. ७ करोड, प्रदेश सरकारको वित्तियसमनिकरण अनुदानबाट रु.५२ लाख ५२ हजार, नेपाल सरकारको राजस्व वाँडफाँडबाट रु. ५करोड २३ लाख, प्रदेश सरकारको राजस्व वाँडफाँडबाट रु. १ करोड ३४ लाख , नेपालसरकारबाट प्राप्त हुनेसशर्त अनुदानबाट रु. १५ करोड ०४ लाख, प्रदेश सरकारबाट प्राप्त हुनेसशर्त अनुदानबाट रु. ३ करोड २३ लाख, नेपाल सरकारबाट प्राप्त विशेष अनुदानबाट रकम रु.१ करोड, प्रदेश सरकारबाट प्राप्त हुने विशेष अनुदानबाट रु. ७५ लाख, प्रदेश सरकारबाटप्राप्त हुने समपुरक अनुदानबाट रु. २ करोड, अन्य स्थानिय तहबाट प्राप्त हुने अनुदान रु ४०लाख, जिल्ला समन्वय समितिबाट प्राप्त हुने अनुदान रु २ करोड, घर जग्गा रजिष्ट्रेशन बापतरु ७० लाख, आन्तरिक आय रु.३ करोड ३० लाख, चालु आ.व.बाट हस्तान्तरित हुने अनुमानित नगद मौज्दात (अ.ल्या.) रु. २ करोड ,गरी गरी कुल रु. ४४ करोड ५१ लाख ५२ हजार बराबरकोअनुमानित आय प्रस्तुत गरेको छु । यस मध्ये पुर्वाधार विकास तर्फ रु.१० करोड ५५ लाख (लागत साझेदारी, जिसस बाट प्राप्त योजना, शंखु अस्पताल निर्माण सहित),
सामाजिक विकास तर्फ रु. १ करोड ८५ लाख, आर्थिक विकास तर्फ रु. ६८ लाख, वन, वातावरण तर्फ रु. १५ लाख, सुशासन तथा संस्थागत क्षमता विकास तर्फ रु. ८० लाख, कार्यालय संचालन तर्फ रु ६ करोड ९३ लाख मर्मत संभार कोष तर्फ रु ३० लाख, विपद व्यवस्थापन तर्फ रु १० लाख, गाउँ कार्यपालिका चालु तर्फ रु ८८ लाख ७९ हजार तथा नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुनेसशर्त, विशेष अनुदान, सोही अनुरुप विनियोजन हुने उपाध्यक्ष घिमिरेले बजेट वक्तव्यमा उल्लेख गरेका छन ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कोन्ज्योसोम गाउँपालिकाले रु. ४३ करोड ६३लाख ७१ हजार (संसोधित) को आय व्ययको विवरण पेश गरेको थियो । जसमा चालु तर्फ २६ करोड २४ लाख २४ हजार र पूँजिगत तर्फ रु. १७ करोड ३९ लाख ४७ हजार विनियोजनभएकोमा २०८१ साल असार ९ गते सम्मको तथ्याङ्क अनुसार चालु तर्फ रु. १९ करोड ९९ लाख ९९ हजार अर्थात विनियोजनको ७६.२१ प्रतिशत र पूँजीगत तर्फ रु. ७ करोड ५ लाख ६ हजार अर्थात विनियोजनको ४०.५३ प्रतिशत खर्च भएको देखिन्छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाको गाँउ गौरवको आयोजनाको रुपमा रहेको कोन्ज्योसोम प्रतिमा निर्माण आयोजना सम्पन्न भैसकेको तथा प्रतिमा गार्डेन तथा रिँगरोड स्तरउन्नतिको कार्य सँचालनमा रहेको, कालोपानि भुमिथुम्का लिफ्टीङ खानेपानी आयोजना , भेडेखर्क फूलबारीडाँडा खानेपानी आयोजना , वरबोट सिलिँगे खानेपानि योजना, मविर गुर्दुम खानेपानी योजना, एकिकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गत शंखुमा १० शैयाको सुविधासम्पन्न अस्पताल निर्माण आयोजनाको काम अन्तिम चरण्मा पुगेको, नल्लु करिडोरबाट फैडाँडा हुदै पहराडाँडा निस्कने मोटरबाटो स्तरउन्नति, मविर क्वाक्लिङ मोटर बाटो सुधार, कान्छाकाजि सिकारीको घर देखि नल्लु वातिसोङ हुँदै वासुकि सम्मको सडक स्तर उन्नति, सिमभञ्ज्याङ गा पा भवन हुदै देउराली जोड्ने सडक स्तरउन्नती, नगरकोटि गुठि भवन निर्माण, मगरगाँउ मा वि प्राविधिक शिक्षालय छात्रावास निर्माण , गुप्तेश्वर आ वि भवन निर्माण, बालेश्वरी मा वि को अधुरो कार्य सम्पन्न गरी कम्पाउण्ड निर्माण लगायत ठुला तथा  गाउँपालिका भित्रका अधिकांश साना आयोजनाहरुको निर्माण कार्य सम्पन्न भएको बिषयलाई कोन्ज्योसोम गाउँपालिकाले राम्रो उपलब्धी भएको बताएको छ ।

१३ असार २०८१, बुधबार ०६:४३ मा प्रकाशित
Nabintech