३ आश्विन २०८१, बिहीबार

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

फाेर्स दैनिक

राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ । आइतवार काठमाडौंको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो ।

जगन्नाथ रथ यात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिबाट सुरु हुने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा फूलअक्षताले पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गर्नुभएको थियो । जगन्नाथलाई भगवान श्रीविष्णुको रुपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार एक पटक बहिनी सुभद्राले आफ्ना भाइ कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गर्नुभयो ।

त्यसपछि दुवै दाजुभाइले बहिनी सुभद्राको लागि तयार पारेको भव्य रथ ल्याइ त्यसमा सवार तीनै जना शहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा गए र त्यहाँ ७ दिन बसेको जनश्रुती छ ।

शहरको भ्रमण सकेर पुरी फर्किए । त्यसबेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर सहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर गए । यीमध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बिचमा र जगन्नाथको रथ पछाडि रहने परम्परा छ ।

२४ असार २०८१, आईतवार १४:०६ मा प्रकाशित
Nabintech