३ आश्विन २०८१, बिहीबार

मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध

फाेर्स दैनिक

अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ । पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडकको अवस्थालाई मध्यनजर गर्दै बैकल्पिक मार्गको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

२९ असार २०८१, शुक्रबार ०७:०० मा प्रकाशित
Nabintech