३१ भाद्र २०८१, सोमबार

मधेश प्रदेश : कांग्रेस र लोसपा सरकारमा सामेल‚ ५ मन्त्री नियुक्त

अर्थसहित कांग्रेसका ४ जना र लोसपाका एकजना मन्त्री

फाेर्स दैनिक

मधेश सरकारमा नेपाली कांग्रेस र लोसपा सामेल भएका छन्। अर्थसहित कांग्रेसका ४ मन्त्री र लोसपाबाट एकजना मन्त्री नियुक्त भएका छन्।मुख्यमन्त्री सतिशकुमार सिंहले कांग्रेसका सुनिलकुमार यादवलाई अर्थमन्त्री, जनार्दनसिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानी र कौशलकिशोर राय श्रम तथा यातायातमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेसले सरकारमा सहभागी नहुने घुर्की लगाएको थियो।लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारमा सहभागी भएको छ। लोसपा एउटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो। लोसपाकी रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त भएकी छन्।

केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमतिअनुसार २२ असारमा एमाले, कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंहलाई विश्वासको मतसमेत दिएका थिए। उनीहरुले आजै सपथग्रहण पनि गरिसकेका छन्।

३ श्रावण २०८१, बिहीबार २१:३४ मा प्रकाशित
Nabintech