२९ भाद्र २०८१, शनिबार

काठमाडौं उपत्यकाका नदीहरूमा जलसतह बढ्यो

फाेर्स दैनिक

काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ।बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

खोलाको बाढी किनारको सडकसम्म आउने र बस्ती डुबानमा पर्नसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ। बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहन विभागले आग्रह गरेको छ।काठमाडौंको धोबीखोला, चाबहित र वाग्मती गौरीघाट जलमापन केन्द्रहरूमा जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ। यस्तै भक्तपुरको हनुमन्ते खोला जगाती जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ।

ललितपुरको गोदावरी खोला थाइबाको जलमापन केन्द्रमा हालको जलसतह खतराको तह पार गरेको छ। ती क्षेत्रमा रहनेहरूलाई बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

१६ श्रावण २०८१, बुधबार ०६:४० मा प्रकाशित
Nabintech