३१ भाद्र २०८१, सोमबार

गोदावरी नगरपालिकाले आ.व २०८१/०८२ को लागि २ अर्ब २८ करोडको बजेट ल्यायो

फाेर्स दैनिक

गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि कूल बजेट रु २ अर्ब २८ करोड ५८ लाख ८४ हजारको बजेट नगरसभामा प्रस्तुत गरि पारित गरेको छ । जसमध्ये चालु खर्च तर्फ रु ७६ करोड ९८ लाख ९५ हजार (३३.६८) प्रतिशत र पूँजीगत तर्फ रु १ अर्ब ४३ करोड ५९ लाख ८९ हजार (६२.८२) प्रतिशत एवम् वित्तीय व्यवस्था तर्फ रु ८ करोड (३.५0) प्रतिशत हुने नगरपालिकाको अनुमान छ ।

नगरपालिकाले आन्तरिक राजश्व तर्फ ४५ करोड ४४ लाख रुपैया, संघीय सरकार वित्तीय हस्तान्तरण तथा राजश्व बाँडफाँडबाट ८३ करोड २६ लाख ३० हजार रुपैया, प्रदेश सरकार वित्तीय हस्तान्तरण तथा राजश्‍व बाँडफाँडबाट १४ करोड ३८ लाख ५४ हजार रुपैया, मालपोत रजिष्ट्रेशनबाट ३७ करोड रुपैया, लागत सहभागिताबाट २ करोड ५० लाख रुपैया र गत वर्ष २०८०/०८१ को वचतबाट ४६ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य लिइएको छ ।

गाेदावरी नगरपालिकाले गत आ.व.२०८०/०८१ का लागि बजेट रु. २ अर्ब ६४ करोड ६७ लाख ८५ हजार (संशोधन सहित) को बजेट प्रस्तुत गरेकाे थियो । जसमध्ये चालुतर्फ १ अर्ब ७ करोड ४८ लाख ९७ हजार (कूल बजेटको ४०.६१ प्रतिशत)  र पूँजीगत तर्फ १ अर्ब ५७ करोड १८ लाख ८८ हजार (कूल बजेटको ५९.३९ प्रतिशत) खर्च अनुमान गरेकाे  थियो ।

नगरपालिकाले आ.व.२०८०/०८१ मा आन्तरिक राजश्‍व परिचालनतर्फ २५ करोड लक्ष्य राखेकाेमा २०८१ असार मसान्तसम्म ४६ करोड २१ लाख १७ हजार ६६४.५५ संकलन गरि लक्ष्यको १८४.८५ प्रतिशत प्रगति हासिल गरेकाे छ । वित्तीय हस्तान्तरण एवम् राजश्‍व बाँडफाँडबाट रु.१ अर्ब ३२ करोड ८९ लाख ९५ हजार प्राप्त हुने लक्ष्य लिएकाे गाेदावरीले २०८१ असार मसान्तसम्म १ अर्ब १९ करोड ९३ लाख ७५ हजार प्राप्त  गरी लक्ष्य भन्दा १२ करोड ९६ लाख २०  कम रकम  प्रापत् गरेकाे छ ।

नगरपालिकाले आ.व.२०८०/०८१ को असार मसान्तसम्म रु २ अर्ब ५ करोड ५१ लाख ६८ हजार ४२२ रकम (अर्थात कूल बजेटको  ७७.६४ प्रतिशत) खर्च गर्न सफल भएकाे छ । जसमध्ये चालु खर्च तर्फ ८९ करोड १४ लाख १८ हजार ६४४.४७ खर्च गरेका छ ।  उक्त खर्च चालू खर्चमा विनियोजन भएको रकमको ८२.९३ प्रतिशत हो । साथै पूँजीगत तर्फ विनियोजन भएको रकम मध्ये १ अर्ब १६ करोड ३७ लाख ४९ हजार ७७७.७४ खर्च भर्इ पूँजिगत खर्चमा ७४.०४ प्रतिशत खर्च भएको छ ।  नगरपालिकाले गत आ.व.२०८०/८१ को असार मसान्तसम्म २७ करोड १५ लाख ७३ हजार १८५ रुपैया सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ ।

१६ भाद्र २०८१, आईतवार १९:०९ मा प्रकाशित
Nabintech