२ आश्विन २०८१, बुधबार

आत्महत्या रोक्थाम दिवस : लेलेमा सचेतना र्यालीको आयोजना

फाेर्स दैनिक

गोदावरी नगरपालिका वडा नं. ५ लेलेमा अन्तराष्ट्रिय आत्महत्या रोक्थाम दिवस सन्दर्भमा सचेतना र्याली सम्पन्न भएको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौँ’ मूल नाराका साथ यसवर्षको विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो । नागरिक आवाजको आयोजनामा सम्पन्न उक्त र्यालीमा लेलेका बिभिन्न स्कुल, क्लव र महिला समुहहरु सहभागि भएका थिए ।

आत्महत्यालाई निरुत्साहित गर्न र्याली उक्त र्यालीको आयोजना गरिएको वडा अध्यक्ष मिलन सिलवालले बताए । र्यालीमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन लागाएत नागरिक समाजका अगुवाहरु, शिक्षक, राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख गजेन्द्र महर्जनले आत्महत्या हुनुको मुख्य कारण मानिसक समस्या रहेको बताए । मानिस बिभिन्न कारण चिन्ता र तनावमा धेरै समयसम्म रहयो भने आत्महत्याको बाटो रोज्न सक्ने नगरप्रमुख महर्जनको भनाई छ ।

बिशेष गरि समाजमा सकरात्क सन्देश दिने उदेश्यले आयोजना गरिएको उक्त र्यालीमा मुख्यत लेलेको सरस्वती, अमरकान्ती र गंगाजमुना स्कुलले सहभागिता जनाएका थिए । कार्यक्रमा बिद्यार्थीहरुले आत्महत्या रोकथाम सम्बन्धी बिभिन्न सन्देश मुलक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

सन् २००३ देखि हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरिन्छ । विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन । १५ देखि २९ वर्षका उमेर समूहमा आत्महत्या तेस्रो प्रमुख मृत्युको कारण हो। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुने गर्दछन्। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन ।

आ.व. २०८०/८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । नेपाल प्रहरीको आ.व. २०८०/८१ को तथ्याङ्क अनुसार पुरुष ३७२७, महिला २५७३, बालक ३३१ र बालिका ५९२ ले आत्महत्या गरेको देखिन्छ । नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले प्रकाशन गरेको तथ्याङ्क अनुसार विगत दश वर्षमा वार्षिक रुपमा औसतमा ५हजार ७ सय ५२ जनाले आत्महत्या गर्नेगरेको देखिन्छ । नेपालमा प्रत्येक महिना करिब एक दर्जनभन्दा बढी व्यक्तिले आत्महत्या गर्छन जुन विश्व मै सातांै उच्च आत्महत्याको दर हो। नेपालमा प्रतिवर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गरेको छ । विश्वभरमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास र ४० सेकेन्डमा एक जना मानिसले आत्महत्याका कारण जीवन गुमाइरहेका छन ।

 

 

२६ भाद्र २०८१, बुधबार ०६:०४ मा प्रकाशित
Nabintech