२ कार्तिक २०८१, शुक्रबार

गोदावरी नगरपालिकाले बाढीमा परि ज्यान गुमाउने परिवारलाई २ लाख राहत दिने, बिद्यालयहरु १६ गते सम्म बिदा

फाेर्स दैनिक

लगातार परेको बर्षाका कारण गएको पहिरो र डुवानले गोदावरी नगरपालिका भित्र १३ जनाले ज्यान गुमाएका छन । गोदावरी नगरपालिका क्षेत्र भित्र अधिकांश मुल सडकपनि बन्द रहेको नगरपालिकाका प्रबक्क्ता मिलन सिलवालले जानकारी दिए । मृतकका परिवारजनलाई राहत स्वरुप प्रति परिवार रु २,००,०००/- (दुइ लाख) उपलब्ध गराउने नगरकार्यपालिकाको आकस्मिक बैठकबाट निर्णय गरेको छ । बाढी पहिरोले आकान्त नगरवासीलाई सम्बन्धित वडा कार्यालयको समन्वयमा उचित राहतको व्यवस्थापन गरिने प्रबक्क्ता सिलवालद्धारा जारी बक्तब्यमा भनिएको छ । साथै  असाेज १२ देखि १६ गते सम्म  नगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने नगरपालिकाले निर्णय समेत गरेको छ ।

१२ आश्विन २०८१, शनिबार १९:०४ मा प्रकाशित
Nabintech