प्राकृतिक रुपमा उत्पति हुने प्रकोप जसमा कुनै किसिमको मानवीय सहभागिता हुदैन त्यसलाई प्राकृतिक प्रकोप रुपमा लिन सकिन्छ।जस्तो उदाहरणको लागि बाढी पहिरो, भूकम्प आदि। प्रकृतिमा बिभिन्न समय वा कालखण्डमा यस्ता विपति आएका समाचार पढ्न, सुन्न, देख्न र भोग्न हामीले पाई रहेका छौ। २०७२ साल बैशाख १२ गते को विनासकारी भूकम्प हामीले बिर्सेका छैनौ । भूकम्पले ठुलो धनजनको क्षति पुर्यायो, मानिसलाई घरबार बिहिन बनायो, यस्तो प्रकोपमा कुनै मानवीय संलग्नता छैन तर आवास निर्माणमा भएको मानवीय त्रुटी कारण बिनास बढी भएको कुरो कसैले नकार्न मिल्दैन। हरेक प्राकृतिक प्रकोपले निम्त्याउने खतराको पछाडी कतै न कतै मानवीय संलग्नता भएको प्रस्ट देखिन्छ।
२०८१ साल आशोज ११ र १२ गते आएको अविरल वर्षाको कारण देशब्यापी रुपमा बाढी पहिरो गयो यसबाट ठुलो भौतिक तथा मानवीय क्षति हुन पुग्यो। देश ब्यापी रुपमा क्षति को आधिकारिक बिवरण दुई साता बितिसक्दा पनि प्राप्त भएको देखिदैन तर सरकारले भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् ।प्रारम्भिक तथ्यांक अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् ।बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ । यो उल्लेखित बिवरण प्रारम्भिक मात्र हो । यो तथ्यांक बिभिन्न संचार माध्यम बाट साभार गरिएको छ तर खेति बालीमा भएको क्षतिको बिवरण भने आइसकेको देखिदैन ।
जलबायु परिवर्तन को कारण मौषम मा आएको बदलि को कारण आशोज महिनामा मनसुन आएर यस्तो विनासकारी बाढी पहिरो आएको भन्ने बिषय पढ्न र सुन्न पाएकै छौ । के यो बाढी पहिरो को कारण जलबायु परिवर्तन मात्र हो? के यस्मा मानवीय त्रुटी छैन? यस्तो प्रकोप को जिम्बेवारी राज्यले लिनु पर्दैन??
मौषम मा आएको बदलीको कारण अविरल वर्षा भयो बर्षको कारण पहिरो गयो जस्को फलस्वरुप खोला खहरेको बहावमा लेदो को मात्र बढी भयो र खोला ले आफ्नो स्वरुप बदल्यो तेस कारण बाढीले बितण्ड मचायो र ठुलो भौतिक तथा मानवीय क्षति निम्त्यायो । यो सबै बिषय सहि हो तर पहिरो के कारण ले आयो यो बिषय बढी महत्वपूर्ण हुन्छ ।
यो सबै विनाशको कारण हामीले गरेको बिकास को परिणाम हो भन्दा फरक पर्दैन । यहाँ यो लेखिरहदा कतिलाई खल्लो लाग्न सक्छ तर अशोज १२ को बिनास को कारण स्थानीय सरकारको बिकास मोडल नै हो भन्दा फरक पर्दैन । आजभोली गाउँ गाउँ मा सरकार छन ७५३ सरकार गाउँ बिकास मा तल्लिन छन । गाउँ का डाँडा पाखामा डोजर हिडेको दृश्य लाई आजभोली बिकास भनिन्छ । गाउँमा उपभोक्ता समिति बनाइन्छ अनि उपभोक्ता समिति ले डोजर अपरेटर लाई सम्पूर्ण सडक निर्माणको जिम्मेवारी दिईन्छ । त्यहाँ कुनै इन्जिनियरिंग सर्भे,डिजाइन को मतलव नै हुदैन स्थानीय तहका प्राबिधिक कर्माचारी हरु असारको मसान्त मा बिल बनाइदिन्छ्न अनि भुक्तानी हुन्छ ।
यसरी भएको बिकास को परिणामले अशोज १२ को घटनामा बढी बिनास हुन पुगेको छ । हरेक स्थानीय तहले आन्तरिक आम्दानीको स्रोत को रुपमा खानि तथा क्रसर उद्योग संचालन गर्न दिनु पनि अर्को बिनाश को कारण बन्न पुगेको बिषय पनि नकार्नु हुदैन । हाम्रो छिट्टै धनि हुने र छिट्टै बिकास गर्ने लालसा को कारण हामीले ठुलो क्षति बेहोर्नु परेको छ । स्थानीय सरकारले बनाउने बिस्तृत परियोजाना प्रतिवदन, प्रारम्भिक बातावरणीय प्रतिवेदन मात्र कागजी डकुमेन्ट हुनु अर्को बिडम्बना हो । स्थानीय सरकाले ले प्रत्येक वर्ष बिभिन्न बिकास आयोजना हरुको बिस्तृत परियोजना प्रतिवेदन (DPR) बनाइ रहेको तथा प्रारम्भिक बातावरणीय प्रतिवेदन (IEE) तयार पारेको हामि देख्न सक्छौ तर कार्यान्वयन मा भने यस्ता प्रतिवेदन लाई कतै महत्व दिएको देखिदैन डोजरे बिकास ले सबै स्थानीय तहलाई मोहित बनाएको छ।आजकाल त स्थानीय सरकार विकासकालागि डोजर किन्ने होडबाजीमै लागेको हामि देख्न सक्छौ।यसरि हेर्दा यो बिनाशको प्रमुख जिम्बेवार स्थानीय सरकार हो भन्ने मालाई लागेको छ।यस्को सम्पूर्ण जिम्बेवारी स्थानीय सरकारले लिनु पर्दछ।
यसरि हुने बिनाश को न्यूनीकरण को लागि के गर्ने त भन्ने बिषय महत्वपूर्ण हुन्छ। सर्वप्रथम हामि द्रुत बिकास को नाममा भावनामा बढी बगी रहेका छौ त्यसलाई कम गर्नु पहिलो आवस्यकता हो। बिकास निरन्तर प्रक्रिया हो कुनै दल बिशेष वा कुनै समुदाय बिशेस नछुट्याई कन बिकास को योजना बनाउनु अहिलेको आवस्यकता हो। बातावरण मैत्री बिकास मोडल बनाउनु अहिलेको आवस्यकता हो। डोजरे बिकास लाई हामीले कसरि बेवस्थित गर्न सकिन्छ भन्ने योजना बनाउनु पर्दछ।काटेको माटो लाई कहाँ फ्याल्ने हो त्यसको पहिला योजना बनाउनु जरुरि छ।
सकेसम्म स्थानीय श्रमलाई प्रयोग गरि बिकास परियोजना मा लगाउने हो भने माटो को बेबस्थापनलाई प्रभाकारी बनाउन सकिन्छ। हैन डोजर कै प्रयोग गर्ने हो भने पनि काटेको माटो लाई जथाभावी नफ्याली सुरक्षित स्थानमा सुरक्षित पर्खाल लगाई बेब्स्थापन गर्ने र कटान गरेका भिरालो भाग हरुमा बायो इन्जिनियरिंग को प्रयोग लाई जोड दिने हो भने हामीले अशोज १२ को बिनासलाई केहि न केहि न्यूनीकरण गर्न सक्दछौ। अब पनि हामि नसुध्रने हो भने हामि मरुभूमिकरण जादै छौ। सबै स्थानीय सरकारको सद्बुद्धि पलावस आगामी बिकास का योजना बनाउदा बातावरण मैत्री बिकास मा ध्यान पुगोस र प्राकृतिक प्रकोप बाट भएको बिनास र क्षति प्रति जिम्बेवारि लिन स्थानीय सरकार तयार होस।
कमल प्रसाद तिमल्सिना ,माहाँकाल गा.पा-२, मानिखेल हाल गोदावरी-१०