अहिले नेपालमा ३८६ बालगृहमा १० हजार बालबालिका रहेका छन । ती मध्ये ४० प्रतिशत बालगृह विदेशी अनुदानमा संचालित छन् । राष्ट्रिय तथ्यांङकमा उल्लेख भए अनुसार ३ हजार बालबालीका आफ्नो घरपरिवार बाहिर रहेका बताइएकाे छ । बिभिन्न कारणले घर भन्द बाहिर रहेका बालबालिकाहरु अहिले देश भरिका बालगृहहरुमा रहेका छन ।
काठमाण्डाैमा सम्पन्न एक कार्यक्रममा अतिकम विकसितबाट विकासशील राष्ट्रमा नेपालको स्तरोन्नति हुँदा बाल अधिकार संरक्षण र प्रवद्र्धनमा सकरात्मक प्रभाव पर्ने सरोकारवाला निकाय र बाल अधिकारको क्षेत्रममा काम गर्ने अगुवाहरुले वताएका छन । काठमाण्डौमा आयोजित एक गोष्ठीमा राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारीले नेपालमा प्रतिव्यक्ति आय लगाएत अरु दुई तीन इन्डिकेटरमा केन्द्रित भएर काम गर्न सक्यो भने सन् २०२६ मा स्तरउन्नती हुने बताउनु भयो ।
हामी योजना कार्यन्व्यनको चरणमा पुगिसकेका छौँ । ३ वटा सूचक मध्ये बालबालिकालाई प्रत्यक्ष असर पुग्ने सूचक महत्वपुर्ण छ । हामीले धेरै अवसरहरु प्राप्त गर्दैछौँ भन्ने भावनाले अघि बढेमा भोलीका चूनौतीहरुसँग जुध्न सकिने उहाँको भनाई छ ।
योजना आयोगले पनि रणनीति बनाई सकेको बताउदै अधिकारीले सबै पक्षको सहयोग र निजि क्षेत्र समेत बिश्वासमा लिएर भएका नीतिगत कुराहरु कर्याान्वयन गर्दै अघि बढ्नु आवश्यक छ ।कार्यक्रममा तत्कालिन केन्दीय बाल कल्याण समितिका अध्यक्ष तथा एकीकृत हातेमालो समाजका अध्यक्ष डिल्लीराम गिरीले नेपाल विकास साझेदारबाट नेपालको विकासमा सहयोग भइरहेको बताउदै बाल सँरक्षणको क्षेत्रमा धेरै विकास साझेदारले सहयोग गरिरहेको बताउनु भयो ।
विकाससिल राष्ट्मा जाने चरणमा जाँदा त्यसको तयारी कस्तो भन्नेबारेमा छलफल हुनेछ । तीनै तहको सकारको ठोस नीतिबाट स्वदेशकै स्रोत साधन प्रयोग गरेर नेपाली बालबालिकको अधिकार संरक्षण र प्रवद्र्धन गरि अन्तराष्ट्रिय क्षेत्रलाइ नेपालले जवाफ दिनुपर्ने अध्यक्ष गिरीको धारणा छ ।
भोलि सिँगो देशको तर्फबाट राम्रो तयारी भएको छ भन्ने बारे सन्देश गयो भने बालबालिकाको क्षेत्रमा काम गर्न सजिलो हुन्छ भन्ने लागेको छ । संसारको सबैभन्दा बढि लगानी भएको क्षेत्र बालबालिको भएको हुनाले नेपालले पनि भोली राष्ट्रको नेतृत्व गर्ने बालबालिकालाई सक्षम बनाउनु पर्छ ।
कार्यक्रममा अर्थ मन्त्रालयका सह–सचिव महेश भट्टराइले एचएआइका चार वटै चरणहरु बालबालिकाको अधिकारसँग जोडिएका विषयहरु भएकाले त्यसलाई पार गरेपछि जीडिपीमा बृद्धि भई ग्य्राजुयसन हुने सके मात्र समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नु भयो ।
नेपाल बिकासशिल राष्ट्रमा स्तरोन्नती भएपछि अनुदान गुम्छ भन्ने गुनासो सानो भएको बताउदै भट्टराईले यून अन्तर्गत आउने सहयोग घट्न सक्ने बताउदै ठुला ऋण दाता एडिबी, वल्ड बैंक ,बाट पाउने सहयोगमा कुनै असर नपुग्ने बताउनु भयो ।
कार्यक्रममा उपत्यका भित्रका १८ प्रहरी बृत, साईबर व्यूरो, मानव बेचबिखन ब्यूरो, लागूऔषत व्यूरो, उपत्यकाका तीनवटै प्रहरी परिषर, अपराध महाशाखा टेकु, महिला सेल कालीमाटी बाट प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।एकिकृत हातेमालो समाज नेपाल, राष्ट्रिय बाल अधिकार परिषद् र सेभ द चिड्रेनको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।