राष्ट्रिय बाल अधिकार परिषद् र एकीकृत हातेमालो समाज नेपालको संयुक्त आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा बाल अधिकार संरक्षण र सम्बर्द्दनमा संवैधानिक आयोगको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम २०८१ पुस ११ र १२ गते राजधानीमा सम्पन्न भएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको सम्पन्न भएको कार्यक्रममा संवैधानिक आयोगका पदाधिकारी एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको विशेष अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका अध्यक्ष बालानन्द पौडेल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, प्रतिनिधि सभाका सदस्यहरू माननीय रञ्जु कुमारी झा, प्रतिक्षा तिवारी र जीवन परियारको उपस्थिति रहेको थियो । समावेशी आयोग, मधेसी आयोग, थारु आयोगका प्रतिनिधिहरूको पनि सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षा मन्त्रालय, कानून मन्त्रालय, स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयका सहसचिवहरूको पनि सहभागिता रहेको थियो ।
यसका साथै विभिन्न सरकारी निकायका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको पनि सहभागिता रहेको थियो ।