नेपाल स्टक एक्सचेन्ज लिमिटेडको ४३औँ साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा नेप्सेले हालको वित्तीय वर्षमा आर्थिक सुधार र शेयर बजारको वृद्धि हुने विश्वास व्यक्त गर्दै शेयरधारकलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सभाले कम्पनीले ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सभामा सहभागी शेयरधनीहरूले कम्पनीको आर्थिक वर्षको समग्र प्रदर्शन र आगामी योजनाबारे छलफल गरे।कम्पनीले आगामी वर्षमा थप विकास र सुधारका लागि योजनाहरू तयार गर्दै अघि बढ्ने जनाएको छ।
१ माघ २०८१, मंगलवार २१:५३ मा प्रकाशित