आफ्नो चल्ती वा बचत खाता भएको बैंकमा हामीले लकर सेवा लिन सक्छौँ । बैंकको नियमअनुसार न्यूनतम बचत गरेपछि बैंकले एउटा फारम भर्न दिन्छ ।
हामीले सो फारम सही तरिकाले भर्नुपर्छ । उक्त फारम बुझाउँदा जसको नामबाट लकर सेवा लिन लागेको हो, उसको नागरिकता वा पासपोर्ट पनि चाहिन्छ । बैंकले फोटो पनि माग्छ । बैंकको नियमअनुसार दुई वटा तीन प्रति फोटो लैजानुपर्छ ।
यति गरेपछि तपाईँले बैंकबाट लकर सेवा पाउनुहुन्छ । यसरी लकर सेवा लिइसकेपछि वार्षिक रकम बैंकको नियमअनुसार समयमा नै भुक्तान गर्नुपर्छ ।
सुरक्षित माध्यम
हामी सदैव आफूले दुःख गरी कमाएको सम्पत्तिको सुरक्षा चाहान्छौँ । नगद मात्रै नभएर अन्य बहुमूल्य वस्तहरुमा पनि हामीले लगानी गरेका हुन्छौँ । कसैले घर जग्गा किनेका हुन्छन् भने कसैले सुनचाँदी त कसैले सेयरमा लगानी गरेका हुन्छन् ।
घरजग्गा तथा सेयरसम्बन्धी कागजपत्र, सुनचाँदी जस्ता कुराहरुको सुरक्षाको चिन्ताले हामीलाई सँधै सताइरहन्छ । यस्ता वस्तु घरमा राख्दा चोरी हुने डर हुन्छ । सर्वसाधारणको यसै आवश्यकतालाई महशूस गरी बैंकहरुले लकर सुविधा प्रदान गर्ने गरेका छन् ।
बैंकहरुले आफ्ना ग्राहकका महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुहरुको सुरक्षाको जिम्मा आफूले लिने र त्यसवापत निश्चित शूल्क लिने गरेका छन् ।
वित्तीय साक्षरता १ : बैंक के हो ? बैंङ्कमा कारोबार गर्दाका फाइदा के–के छन् ?
वित्तीय साक्षरता २ : पारिवारिक बजेट के हो ? किन आवश्यक छ पारिवारिक बजेट ?
वित्तीय साक्षरता ३ : क्युआर कोर्ड प्रयोगका फाइदाहरु के के छन् ?
वित्तीय साक्षरता ४ : राष्ट्र बैंकको सफा नोट नीति : यसरी गर्नुस् नोटको सुरक्षा
वित्तीय साक्षरता ५ : कर्जा सूचना केन्द्र भनेको के हो ?
वित्तीय साक्षरता ६ : लगानी के हो ? लगानीको लक्ष्य बनाउँदा के के कुरामा ध्यान दिनु पर्छ ?
वित्तीय साक्षरता ७ : के हो लघु व्यवसाय ? जान्नुहोस् यसका विशेषता
वित्तीय साक्षरता ८ : विप्रेषण भनेको के हो ? जान्नुहोस् विप्रेषण पठाउँदा र उपयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू ?
वित्तीय साक्षरता ९ : विदेशी विनिमय के हो ? जान्नुहोस् विदेशी मुद्रा सञ्चितका फाइदाहरु
वित्तीय साक्षरता १० : के हो अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली ? कसरी हुन्छ कारोबार ?
वित्तीय साक्षरता ११ : बजेट भनेको के हो ? कसरी तयार गरिन्छ ?
वित्तीय साक्षरता १२ : के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?
वित्तीय साक्षरता १३ : लघुवित्त के हो ? यसको महत्व के छ ?
वित्तीय साक्षरता १४ : के हो शाखारहित बैँकिङ ?
वित्तीय साक्षरता १५ : ऋणपत्र के हो ? ऋणपत्रमा लगानी गर्दा के के फाइदा हुन्छ ?