भारतको नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपालको महिला टोली फाइनलमा पुगेको छ ।इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा नेपालले युगान्डाविरुद्धको सेमिफाइनलमा जित पाएपछि ऐतिहासिक रूपमा फाइनल यात्रा गरेको हो । नेपाली महिला टिमले ८९–१८ स्कोरमा सफलता पाएको थियो । नेपाल अपराजित रहँदै फाइनल पुगेको छ ।
फाइनलमा नेपालले आयोजक भारत र दक्षिण अफ्रिकाबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।समूह ‘सी’ मा नेपालले जर्मनीलाई ७४–३४ ले, भुटानलाई ८३–२४ ले, श्रीलंकालाई ११०–१० ले र बंगलादेशलाई ८३–२४ ले हराएको थियो । क्वाटरफाइनलमा नेपालले इरानमाथि १०३–८ को जित पाएको थियो ।
५ माघ २०८१, शनिबार २०:४० मा प्रकाशित