९ माघ २०८१, बुधबार

खराब कर्जाको असर : समृद्धि फाइनान्सको नोक्सानी बढेर ६ करोड २८ लाख पुग्यो

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६ करोड २८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड १३ लाख रुपैयाँ नोक्सानीमा थियो।फाइनान्सको आम्दानी बढेपनि खराब कर्जा उल्लेख्य बढेका कारण नोक्सानी बढ्न पुगेको हो।

फाेर्स दैनिक

समृद्धि फाइनान्स कम्पनी लिमिटेड (SFCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार फाइनान्सको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ६ करोड २८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी २ करोड १३ लाख रुपैयाँ नोक्सानीमा थियो।फाइनान्सको आम्दानी बढेपनि खराब कर्जा उल्लेख्य बढेका कारण नोक्सानी बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८.१३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १७६.१९ प्रतिशत बढेको छ। त्यस्तै, फाइनान्सको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.५७ प्रतिशत बढेको छ।

फाइनान्सको खराब कर्जा समीक्षा अवधिमा ४.६८ प्रतिशतबाट बढेर १९.३४ प्रतिशत पुगेको छ। जसका कारण फाइनान्सको इम्पेरमेन्ट चार्ज ६२ लाख रुपैयाँबाट बढेर ६ करोड १२ लाख रुपैयाँ पुगेको छ। फलस्वरुप फाइनान्सको सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक भएको हो।

पुस मसान्तसम्ममा फाइनान्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३४ पैसा ऋणात्मक रहेको छ भने वितरणयोग्य मुनाफा ६८ करोड १ लाख ९६ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

८१ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोष ४० करोड ७८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। दोस्रो त्रैमाससम्ममा फाइनान्सले २ अर्ब ५८ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

८ माघ २०८१, मंगलवार ०७:२२ मा प्रकाशित
Nabintech