३ चैत्र २०८१, सोमबार

महिला उद्यमशीलता विकास तालिम सम्पन्न, २५ महिलाले पाए प्रमाणपत्र

फाेर्स दैनिक

गोदावरी नगरपालिका वडा नं. ३ का महिला उद्यमशीलता विकास तालिमको समापन समारोह आज सम्पन्न भएको छ। फागुन २५ देखि २७ गतेसम्म आयोजित तालिममा २५ जना महिलाहरुले सहभागिता जनाएका थिए।

समारोहको क्रममा तालिम सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिमपछि वडा कार्यालयले काभ्रेको बनेपामा महिला-led उद्योगको अवलोकन भ्रमण आयोजना गरेको थियो।

वडा कार्यालयले यसअघि पनि मन्टेस्वरी, ब्युटीशियन, होम स्टे, अचार बनाउने सीप लगायतका तालिम सञ्चालन गर्दै महिला उद्यमशीलता र आर्थिक सशक्तीकरणमा जोड दिएको छ।

अर्को वर्ष पनि महिलाहरुलाई उद्यमशील बनाउने सीप विकास तालिम सञ्चालन गर्ने योजना रहेको वडा कार्यालयले जानकारी दिएको छ।

१ चैत्र २०८१, शनिबार २१:०३ मा प्रकाशित
Nabintech