३ आश्विन २०८१, बिहीबार

प्रदीप पौडेलको संयोजनमा रिङरोड विस्तारका लागि दबाब–यात्रा

फाेर्स दैनिक

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले रिङरोड कलंकी–धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब-यात्रा गरेका छन्। सडक विस्तार तत्काल अघि बढाउनुपर्ने मागसहित आज बिहान सामूहिक दबाब यात्रा शुरु गरेका हुन्। उनले बिहान ७ ३० बजे कलंकीबाट शुरु गरेका थिए। कंलकी-स्वयम्भू-ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै धोबीखोला पुगेको थियो। उनको दबाब यात्रामा साथ दिन काठमाडौं सांसद सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, केन्द्रीय सदस्य नानू बास्तोलासहित यहाँका स्थानीय पनि सहभागी थिए।

१६ असार २०८१, शनिबार ११:५७ मा प्रकाशित
Nabintech