३ आश्विन २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशलाई एमालेले दिएको समर्थन फिर्ता

फाेर्स दैनिक

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई नेकपा [एमाले]ले दिएको समर्थन फिर्ता लिइएको छ । एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो । नेकपा [एमाले]बाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिनुभएको हो । नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताउनु भयो । उहाँले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो । सुदूरपश्चिम प्रदेश सरकार अव अल्पमतमा परेको छ भने उता नेपाली काँग्रेस र एमाले नयाँ सरकार गठनको लागि छलफलमा जुटेका छन् ।

२२ असार २०८१, शुक्रबार १०:४८ मा प्रकाशित
Nabintech