३ आश्विन २०८१, बिहीबार

कोन्ज्योसोममा सार्वजनिक सुनुवाई : उपलब्धी धेरै, गुनासा कम

फाेर्स दैनिक

सुशासनमा ‘शुन्य बेरुजू’ भएको ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा स्थानीय सरकारले गरेका कामबाट अधिकांश जनता सुशी रहेको एक सर्वेक्षण (public audit) ले देखाएको छ । आचार्य परामर्श सेवा प्रा.लिले कोन्ज्योसोम गाउँपालिका भित्रका सबै वडामा पुगेर कोन्ज्योसोम गाउँपालिकाबाट दिइने सेवा सुबिधा प्रति जनताका गुनासा र सुझावहरु संकलन गरिएको थियो । गाउँपालिका कार्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा चालू आर्थिक बर्ष २०८०र८१ को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले औषतमा ८२ प्रतिशत बजेट खर्च गरेका जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्णमान लामाले राज्यको नीति,नियम मानेर काम गरेको र कानुनी राज्यको परिपालना गरेको कारण कोन्ज्योसोममा ‘शुन्य बेरुजू’ भएको बताउनु भयो । पालिकाबाट कार्यसम्पादन हुन केही ढिला भएको भए जनताको सुझाव अनुसार आगामी दिनमा सुधार गरिने अध्यक्ष लामाले प्रतिबद्धता व्यक्त गर्नु भयो । कृषि र पशुपालनका क्षेत्रमा बाठा मान्छेहरुले धेरै ठाउँबाटे अनुदान लिने र सर्वसाधारण मानिसहरुले कहिल्यै पाउन नसक्ने अवस्थाको अन्त्य गर्न गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा अनुदान दिने अन्य कार्यलयबाट पहिल्यै सुचि ल्याएर दोहोरिन नदिने प्रयास गरि अनुदान तथा बिउ बितरण गरेको अध्यक्ष लामाको दाबी छ ।


कार्यक्रमका गाउँपालिका उपाध्यक्ष राजन प्रसाद घिमिरेले गाउँपालिका भित्र भएका कामको प्रभावकारी ढंगले अनुगमन गरिएको बताउनु भयो । गाउँपालिकाले आफुले गरेका कामको गौरबका साथ जनतालाई जवाफ दिन सक्ने गरि काम गरेको उहाँको भनाई छ । पालिकाको काम गर्दा बिधि र प्रकृयाको परिधिमा रहेर काम गरेको भन्दै उपाध्यक्ष घिमिरेले ग्रामिण सडकको स्तरोन्नती गर्दै स्थानीय उत्पादनहरुलाई सहज रुपमा बजारीकरण गर्न सके मात्र गाउँपालिका सम्मृद्ध हुने धारण व्यक्त गर्नु भयो ।

आर्थिक वर्ष २०८०/८१  मा  कोन्ज्योसोम गाउँपालिका द्वारा सम्पादित उल्लेख्य कार्यहरु

शिक्षा,युवा तथा खेलकुद शाखा

  • शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ECEC सस्थासँगको सहकार्यमा ६ वटा माध्यमिक विद्यालयहरुमा नमुना विद्यालय विकास कार्यक्रम कार्यान्वयनमा ल्याइएको । ६ वटा माध्यमिक विद्यालयहरुमा कक्षाकोठा व्यवस्थापन एव विषयगत शैक्षिक समाग्रीका लागि प्रति विद्यालय २ लाखका दरले अनुदान उपलब्ध गराइएको ।
  • प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधिहरुका लागि नेतृत्व विकास सम्बन्धी ३ दिने नेतृत्व विकास सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको ।
  • कोन्ज्योसोम गाउँपालिका आयोजना तथा शैक्षिक तालिम केन्द्र र अन्य सस्थाको सहयोग र सहकार्यमा वर्षभरीमा जम्मा १०४ विषयगत शिक्षक एव प्रअहरुलाइ क्षमता विकास तालिममा सहभागी गराइएको ।
  • १७ जना ECD शिक्षकहरुलाई १ दिने स्थानीय शैक्षिक सामाग्रीको उपयोग र कक्षाकोठा व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको ।
  • कोन्ज्योसोम गाउँपालिकाको समन्वय र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा १७ जना शिक्षकहरुलाई नयाँ पाठ्यक्रम अनुसारको मुल्यांकन प्रणालीका बारेमा २ दिने कार्यक्रम सम्पन्न गरिएको ।
  • गाउँपालिका अध्यक्षज्युको नेतृत्वमा शिक्षा समितिका पदाधिकारी सहितको १७ वटै विद्यालयहरुमा समुह निरीक्षण कार्य सम्पन्न भएको ।
  • स्थानीय तहस्तरीय राष्ट्रपति रनिडशिल्ड प्रतियोगिता सम्पन्न गर्नुका साथै गाउँपालिकाकै संयोजनमा जिल्लास्तरीय राष्ट्रपति रनिडशिल्ड प्रतियोगितामा खेलाडीको सहभागीता एवं व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको ।
  • वडा तथा पालिकास्तरीय खेलकुद एवं अतिरीक्त क्रियाकलापका कार्यक्रमहरु संचालन भएको
  • युवा तथा खेलकुद परिषद र कोन्ज्योसोम वाडमय कार्यसमिति गठन कार्य सम्पन्न भइ उक्त समितिहरुले ल्होसार पर्वको अवसरमा कोन्ज्योसोम कप फुटबल प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको ।
  • उत्कृष्ठ विद्यालय, विद्यार्थी र शिक्षक तथा प्रअहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्य भएको
  • कक्षा ३ र ५ को सिकाइ उपलब्धी र कक्षा ८ को बार्षिक परीक्षा संचालन सम्बन्धी कार्य सम्पन्न गरिएको ।
  • बार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी विद्यालयस्तरमा हुने शैक्षिक क्रियाकलापहरुमा एकरुपता ल्याइएको ।
  • शिक्षक तथा कर्मचारीहरुको मासिक त.भ.भुक्तानीको शुरुवात यसै बर्षबाट सुरुवात गरिएको
  • विद्यालय कर्मचारी, बालविकास शिक्षक तथा प्रअहरुलाइ मासिक प्रोत्साहन भत्ता उपलब्ध गराइएको ।
  • अनिवार्य तथा निःशुल्क शिक्षा उपलब्ध गराउन विद्यालयहरुलाई प्रशासनिक खर्च एवं त्रैमासिक परीक्षा संचालन खर्च विद्यालयहरुमा उपलब्ध गराइएको ।
  • मुख्य विषय अग्रेजी गणित र विज्ञान विषयको शिक्षक व्यवस्थापन गर्न शिक्षण सहयोग अनुदान कार्यक्रम मार्फत गाउँपालिकाले ५ जना विषयगत शिक्षक व्यवस्थापन गरिएको ।
  • विद्यालयहरुलाई पुस्तकालय तथा क्ष्ऋत् ल्याव २ वटा विद्यालयहरुमा स्थापना गरिएको साथै १७ वटै विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन भइरहेको ।
  • शैक्षिक सुधारका लागि शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरmबीच कार्यसम्पादन सम्झौता गरिएको ।
  • कोन्ज्योसोम बाडमय प्रतिष्ठान गठन पश्चात प्रतिष्ठानमार्फत ल्होसार कार्यकम, परिचयात्मक गोष्ठि, पालिकास्तरीय कविता प्रतियोगिता र कोन्ज्योसोम बाडमय बार्षिक मुखपत्र प्रकाशन गरिएको ।
  • युवा तथा खेलकुद परिषद गठन भइ कार्य सुचारु भएको । कोन्ज्योसोम कप फुटबल प्रतियोगिता सम्पन्न गरिएको साथै गोदावरी नपाको आयोजनामा भएको उपत्यकास्तरीय फुटबल प्रतियोगितामा स्थानिय तहको तर्फबाट टिम निर्माण गरि खेलकुद कार्यक्रममा सहभागी गराइएको ।
  • खेलाडी सम्मान तथा पुरस्कार वितरण कार्यविधि अनुसार ४ जना खेलाडी र १ खेल सस्थालाइ गाउँसभाको अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको ।
  • विभिन्न प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने ८ जना विद्यार्थीहरुलाइ छात्रबृत्ति वितरण कार्यविधिले तोकेअनुसारको छात्रबृत्ति रकम उपलब्ध गराइएको । साथै गाउँपालिका र जनभावना क्याम्पससगको सम्झौता अनुसार ५ जना विद्यार्थीहरुलाइ छात्रबृत्ति उपलब्ध गराइएको ।
  • कक्षा ४ देखि ८ सम्मको स्थानीय विषयको पाठयक्रम हाम्रो कोन्ज्योसोम विकास गर्ने कार्य सम्पन्न भएको ।
  • कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने कुल४७७लाइ स्यानेटरी प्याड उपलब्ध गराउन आवश्यक रकम विद्यालयहरुमा अनुदान पठाइएको ।
  • कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुमध्ये दलित१३ जना र छात्रा.६८० गरी कुल६९३ जनालाइ विद्यालयस्तरीय छात्रबृत्ति उपलब्ध गराइएको ।
  • गाउँपालिका समानिकरण तर्फ ८३।३५ प्रतिशत र संघीय शसर्त तर्फ ९६।६ प्रतिशत आर्थिक प्रगति रहेको छ ।
  • शिक्षा, युवा तथा खेलकुद शाखामार्फत हालसम्म निर्माण भइ कार्यान्वय भइरहेका कानुनहरु

क) शिक्षा ऐन,२०७९

ख) बाङमय ऐन २०७९

ग) युवा तथा खेलकुद परिषद सम्बन्धी कार्यविधि,२०८०

घ) छात्रबृत्ति वितरण सम्बन्धी कार्यविधि,

ड) वडा शिक्षा समिति र विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धी कार्यविधि

च) खेलाडी सम्मान तथा पुरस्कार वितरण सम्बन्धी कार्यविधि

लघु उद्यम शाखा (मेड्पा)

  • वडा नं. ३ दलचोकीमा १२ जना उद्यमीहरुलाई ४५ दिने सिलाई कटाई एडभान्स तालिम संचालन गरि सम्पन्न गरियो ।
  • वडा नं १ चौघरेमा १२ जना लघु उद्यमी समुहलाई कृषि तर्फ प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो
  • २०८०/८१ मा विनियोजित रकम १७,००००० मा ५००००० साझा सुविधा केन्द्र स्थापना र बाँकी १२,००००० मा उद्यम विकास सहजकर्तालाई तलब भत्ता सहित कार्यक्रममा जम्मा ११४९५०० खर्च भएको छ ।

सामाजिक सुरक्षा तथा पन्जिकरण शाखा

  • सबै वडा कार्यलयहरुबाटै बैंकिङ सेवा मार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी
  • गाउँपालिका लगायत सबै वडा कार्यालयहरुमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली सञ्चालनमा रहेको
  • व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धि जानकारीमुलक अडियो, सन्देश, रेकर्ड र भिडियो निर्माण र गाउँपालिका तथा विद्यालय, वडा कार्यालय लगायत सार्वजनिक स्थानमा फ्लेक्स वितरण ।
  • आ.व २०८०/८१ को तेस्रो त्रैमासिकदेखि EFT मार्फत लाभग्राहीहरुको खातामा सामाजिक सुरक्षा भत्ता जम्मा गरिएको
क्र.स बिवरण संख्या पहिलो चौमासिक दोस्रो  चौमासिक तेस्रो

चौमासिक

चौथो

चौमासिक

जम्मा
अन्य जेष्ठ नागरिक भत्ता ४९६ ५८४६२५२ ५९२६७१६ ५८६७६६२ ५९३७९१५ २३५७८५४५
जेष्ठ नागरिक भत्ता (दलित) ३७२४० ३९९०० ३९९०० ४७८८० १६४९२०
जेष्ठ नागरिक एकल महिला १०४ ८२४६०० ८१३९६० ८११२०८ ७९१४७९ ३२४१२४७
विधवा १८२ १४४१५४८ १४९४७३७ १५५०७८० १५५८७६० ६०४५८२५
पूर्ण अपाङ्गता भत्ता ३० ३५९१०० ३६७२१३ ३५९१०० ३९१०२० १४७६४३३
अति अशक्त अपाङ्गता भत्ता ४९ ३०२१७७ ३१५६०४ ३०६४३२ ३१०६८८ १२३४९०१
दलित बालबालिका ७९८० ७९८० ७९८० ७०६६ ३१००६
जम्मा ८८१८८९७ ८९६६११० ८९४३०६२ ९०४४८०८ ३५७७२८७७

 

कृषि विकास शाखा

  • लागत साझेदारीमा मौरीपालक समूह तथा कृषकहरुका लागि 60 % अनुदानमा १३५ वटा आधुनिक मौरीघार वितरण गरियो।
  • किवि फल खेती गर्ने कृषकहरुका लागि रोग कीरा व्यवस्थापन र किवि बोटको काँटछाट सम्बन्धी दलचोकीमा स्थलगत प्रयोगात्मक तालिम सम्पन्न गरियो।
  • नेपाल सरकारबाट उपलब्ध हुने अनुदानको मलको मूल्य स्थिरताका लागि स्थानिय विक्री मूल्य दर तोक्ने कार्यको थालनी भयो।
  • आ.व. 2080/8१ को असार 27 गतेसम्म गाउँपालिकाको सहजिकरणमा युरीया मल 104 मेट्रिक टन र डी.ए.पी मल 25 मेट्रिक टन खपत भएको छ।
  • रैथाने बीउको संरक्षण, प्रवर्द्धनका लागि ‘’सामुदायिक बीउ बैंक सञ्चालन कार्यविधि 2080’’ गाउँ कार्यपालिकाबाट पारित भई आगामि आ.व मा बीउ बैंकको संस्थागत विकास गर्नेगरी प्रभावकारी ढङ्ग मार्फत सञ्चालन गरिने छ।
  • कृषि उद्यम प्रवर्द्धन गरि दिगो कृषि प्रणालिको विकासको लागि सार्वजनिक निजि साझेदारी मोडलको सहकार्य मार्फत गाउँपालिका र उद्योग वाणिज्य महासंघ (कृषि उद्यम केन्द्र, AEC) बीच (MOU) समझदारी पत्रमा हस्ताक्षर भई आवश्यक बजेट विनियोजन गरीयो।
  • शाखाबाट प्रवाह हुने नियमित सेवा अन्तर्गत कृषि प्रसार, अन्तर-निकाय समन्वय तथा आवश्यक सिफारिस गर्ने कार्य गरियो।
  • आ.व. 2080/81 मा कृषि शाखामा सूचिकृत/नविकरण भएका कृषि तथा पशुपालन फर्म/समूह:
  • कृषि तथा पशुपालन फर्म सङ्ख्या : 41
  • कृषि तथा पशुपालन समूह सङ्ख्या: 9

 

सहकारी शाखा

 सहकारी संस्थाको विवरण:

सहकारी संस्थाको प्रकार सङ्ख्या
कृषि सहकारी 18
दुग्ध सहकारी 15
पर्यटन 2
बचत तथा ऋण 10
बहुउद्देश्य 4
जम्मा 49
  • यी मध्ये 6 वटा सहकारी संस्थाहरुले मात्र आ.व. 2079-80 को वार्षिक प्रतिवेदन बुझाएका छन्।
  • आगामि आ.व मा सहकारी संस्थाहरुको प्रभावकारी नियमन गर्ने गरी आवरश्यक बजेट विनियोजन गरीएको छ।

 

पशु बिकास शाखा

  • ५० जना कृषकहरुलाई भैंसी खरिदमा अनुदान ।
  • १४ जना कृषकहरुको बाख्राको खोर निर्माण ।
  • १६६३ ठुला पशुको बिमा रकममा अनुदान प्रदान गरिएको ।
  • घाँसमा आधारित पशुपालनमा जोडका लागि ८३ रोपनी घाँस खेती विस्तार ।
  • लम्पी स्कीन, खोरेत, पिपिआर रोग नियन्त्रणका लागि खोप तथा सघन उपचार कार्यक्रम
  • नियमित रुपमा कृत्रिम गर्भाधान र प्राकृतिक गर्भाधान कार्यक्रम पशुहरुमा निशुल्क रुपमा वर्षैभर परजिवी नियन्त्रण कार्यक्रम् सबै वडाहरुमा नि शुल्क पशु स्वास्थ्य शिविर संचालन
  • २०० वटा दुधको स्याम्पलमा ब्रुसेलोसिस रोगका किटाणु परिक्षण ।
  • १०० वटा बाख्रामा पिपिआर खोपको सेरोमोनिटरिङ्ग ।

स्वास्थ्य  शाखा

  • शंखु अस्पतालको भवन निर्माण सम्पन्न हुने क्रममा रहेको
  • लामो अवधिको परिवार योजना सेवा (IUCDइम्पान्ट) कार्यक्रम सम्पन्न ।
  • शंखु,दल्चोकिर भारदेउमा किशोर किशोरी स्वास्थ्य कार्यक्रम सम्पन्न
  • पोषण बार्षिक समिक्षा,स्तनपान दिवस,पोषण सप्ताह,भिटामिन ए कार्यक्रम लगायतका कार्यक्रम संचालन भएको
  • सबै स्वास्थ्य संस्थालाई व्यवस्थापन खर्च उपलब्ध गराईएको तथा ल्याबमा कर्मचारी तथा सर्जिकल सामग्री व्यवस्थापन गराईएको
  • आधारभूत तथा आकस्मिक सेवाको लागि ९८ प्रकारका औषधि तथा १८ प्रकारका औषधिजन्य सामग्री खरिद तथा स्वास्थ्य संस्थाहरुमा वितरण
  • मध्यम अपाङगता भएका १९ जनाको नि:शुल्क स्वास्थ्य बिमा कार्य गरिएको
  • आयुर्वेद कार्यक्रम संचालन तथा निशुल्क वितरणको लागि थप औसधि पालिकाले व्यवस्थापन गरी स्वास्थ्य संस्था मार्फत वितरण भएको

डायलाईसिस  गराइएका तथा क्यान्सर रोग उपचार सेवाग्राही विवरण २०८०/८१

डायलाईसिस गराईरहेको सेवा ग्राही

महिला : २

पुरुष : ३

क्यान्सर रोग उपचार गराईरहेको सेवा ग्राही

महिला : २

पुरुष : ३

कडारोग विपन्न सिफारिस विवरण सेवाग्राही

क्र.सं. रोगकोनाम महिला (जना) पुरुष (जना) जम्मा (जना)
क्यान्सर १३
मृगौला
मुटु
मेरुदण्डको चोट
टाउकोको चोट
जम्मा १६ २३

 

एम्बुलेन्स सेवा २०८०/८१ (बैशाख सम्म)

शशुल्क : ७२ जना

नि:शुल्क : २८ जना (गर्भवती,सुत्केरी,जेष्ठ नागरिक,अपांगता भएका)

जम्मा : १०० जना

प्रशासन   शाखा

  • पालिका तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न बिषयमा क्षमता विकास तालिम तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको
  • गाउँपालिकाको बस्तुस्थिति बिवरण तयारीको लागि तथ्यांक संकलन गरिएको
  • गाउँपालिकाको कर्मचारी व्यवस्थापनको लागि गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) सम्पन्न भएको
  • हालसम्मका ऐन कानुन निर्देशिका कार्यविधिहरुको संग्रह तयार गरी प्रकाशन गरिएको
  • गाउँपालिका तथा वडा कार्यालयबाट हुने सेवा प्रवाहमा एक रुपता प्रदान गर्न सिफारिस सफ्टवेयर लागु गरिएको
  • वडागत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न (नागरिक अभिमत संकलन)
  • अर्धवार्षिक तथा बार्षिक समिक्षा गोष्ठीको संचालन
  • कार्य संचालन पात्रो लागु गरिएको ।
  • मध्यमकालिन खर्च संरचना MTEF र आवधिक योजनाको तर्जुमा सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न गरिएको

प्राबिधिक  शाखा

  • ठेक्का प्रक्रिया बाट सम्पन्न योजना: जम्मा ८ वटा (बहुबर्षे सहित)

१. भारदेउ कान्छाकाजि सिकारीको घर देखि नल्लु वातिस्योंग हुँदै बासुकी सम्म सडक

मुख्य कामहरु: Sub Base-५२० घ.मि , Plum Wall- १५३ घ.मि, Stone Masonry Works- १४२ घ.मि, ग्याबिन-१२५ घ.मि बासुकी गोदावरी सिमाना देखि ७मि. बाटो चौडा गरेको |

२. कोन्ज्योसोम प्रतिमा प्रतिमा रिंग रोड र गार्डेन

मुख्य कामहरु: सौचालय निर्माण-१, गार्डेन तथा वालको काम-२६० घ.मि (भौतिक प्रगती १०० %)

३. मगरगाउँ मा.बि होस्टल निर्माण

मुख्य काम: १ तल्ला भवन सम्पन्न (भौतिक प्रगति ९१ %)

४. भेडेखर्क फुलबारी डांडा खानेपानी  आयोजना

मुख्य काम : आपुरो पाइपलाइन-२६० मि. सहित विधुत सम्बन्धि कार्य (भौतिक प्रगति ८४%)

५. मबिर गुर्दुम खानेपानी योजना कोन्ज्योसोम-३ दलचोकी

मुख्य काम: लिफ्टिंग खानेपानीको बाकिं भौतिक निर्माण सम्पन्न सहित विधुतीय कार्य सम्पन्न (भौतिक प्रगति

६. कालोपानी भुमिथुम्का लिफ्टिंग खानेपानी आयोजना

मुख्य काम: ५० हजार लि. ओभरहेड खानेपानी ट्यांकी, पाइपलाइन सहित विधुतीय कार्य (भौतिक प्रगति ९९ %)

७. बालेश्वरी मा.बि अपुरो कार्य सम्पन्न गरि घेराबाराको कार्य

मुख्य काम: अपुरो भवन सम्पन्न एक तल्ला सम्पन्न (भौतिक प्रगति ९२%)

८. चौघरे अस्पताल निर्माण

सम्झौता सम्पन्न (२०८२ बैशाख १५ सम्म सम्पन्न हुनुपर्ने)

९. शंखु १० शैया आधारभूत अस्पताल निर्माण: कार्य अन्तिम चरणमा

 

वडागत विवरण

  • वडा नं. १
  • जम्मा आयोजनाहरु: १८ वटा
  • सम्पन्न आयोजनाहरु: १८ वटा
  • मुख्य कामहरु:
  • ढुंगाको वाल: ८९ घ.मि
  • ग्याबिन :१६ घ.मि
  • ग्राबेल: ६१५ मि
  • नयाँ बाटो: ४५० मि.
  • सिढी बाटो: ८०० मि.
  • ढलान बाटो : १४५ मि.

 

  • वडा नं. २
  • जम्मा आयोजना: १९
  • सम्पन्न आयोजना: १८
  • मुख्य कामहरु:
  • ढुंगाको वाल: ७५ घ.मि
  • ग्राबेल: ६०० मि.
  • नयाँ बाटो: ८०० मि.
  • सिढी बाटो: ३६० मि.
  • ड्रेन: ६५ मि.

 

  • वडा नं. ३
  • जम्मा आयोजना: १५
  • सम्पन्न आयोजना: १३
  • मुख्य कामहरु:
  • ढुंगाको वाल: १५ घ.मि
  • ग्राबेल: २५० मि.
  • नयाँ बाटो: ६०० मि.
  • सौचालय निर्माण : १ वटा
  • भवन मर्मत: १
  • मन्दिर मर्मत: १
  • खानेपानी ट्यांकी निर्माण : ५० घ.मि -१, १० घ.मि-१
  • धारा : २० वटा
  • जि.स.स. साझेदारीमा संचालित नगरकोटी गुठि तथा महिला भवन तथा खानेपानी आयोजना कार्य सम्पन्न हुन बाँकी

 

  • वडा नं. ४
  • जम्मा आयोजना: १४
  • सम्पन्न आयोजना: १३
  • मुख्य कामहरु:
  • ढुंगाको वाल: १९ घ.मि
  • ग्याबिन: ५२ घ.मि
  • ड्रेन: ६५ मि.
  • गोरेटो बाटो: १२८० मि.
  • बाटो ढलान: ३४५ मि.
  • जि.स.स. साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माणाधीन
  • वडा न. ५
  • जम्मा आयोजना: १९
  • सम्पन्न आयोजना: १८
  • मुख्य कामहरु:
  • ढलान बाटो: १०२ मि.
  • पक्कि ड्रेन: ११० मि.
  • नया कटिंग: ५२० मि.
  • सिढी बाटो: ३०० मि.
  • धारा: १ वटा
  • चिहान घाट: ३ वटा
  • मन्दिर : १ वटा

 

महिला तथा बालबालिका शाखा

महिला तथा बालबालिका शाखा कर्मचारी दरबन्दि तेरिज

महिला विकास निरिक्षकः १ जना

बाल कल्याण अधिकारीः १ जना

महिला तथा बालबालिका शाखाको आ.व. २०८०/८१ को बार्षिक कार्यक्रम तथा बजेट

(पालिकाबाट विनियोजन) समानिकरण अनुदान कुल बजेटः २०,००,०००।–

प्रदेश सरकारवाट (शर्सत अनुदान) कुल बजेटः ६,७२,०००।–

 

  • अन्र्तराष्ट्रिय महिला दिवश को अवसरमा नेपाालमा महिलाको अवस्था शिर्षकमा सबै वडामा बक्तृत्वा कला कार्यक्रम सम्पन्न
  • लैङ्गिक हिंसा विरुद्घको १६ दिने अभियान संचालन भएको सो अवसरमा बाल विवाह लागुऔषध, घरेलु हिंसा सम्बन्धि जनचेतनामूलक सडक नाटक संचालन गरिएको ११० जना महिला, बालबालिका, ज्येष्ठनागरिक र पुरुषको उपस्थिति
  • लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न भएको
  • तीज विशेष कार्यक्रम सहकारी मार्फत संचालन भएको ५६२ जना महिलाको उपस्थितिमा, महिलाको क्षमता प्रस्फुटन कार्यक्रम सम्पन्न
  • लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न६५ जनाको उपस्थितिमा, सरोकार वाला लागुऔषधबाट प्रभावित बालबालिका, लागुऔषधबाट प्रभावित बालबालिकाकाको अभिभाबकको उपस्थिति रहेको
  • बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रम सम्पन्न
  • बालमैत्री स्थानीय तह घोषणा प्रोत्साहन कार्यक्रम अन्तर्गत सबै वडा तथा पालिकास्तरिय बाल अधिकार  समिति गठन  तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • अपाङ्गता भएका व्यक्तिहरुका लागी समुदायमा आधारित पुर्नस्थापना सहयोग कार्यक्रमअन्तर्गत मौरी घार वितरण तथा उपचार खर्च वितरण कार्यक्रम पाटन सिभिआर संगको साझेदारीमा
  • बाल बिवाह न्यूनीकरणका लागि रणनीति २०८० तयार गरिएको

 

नीति, कार्यविधि तथा आचारसंहिताः

१. अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७८,

२. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति २०७९,

३. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७९,

४. कार्यस्थलमा हुने दुव्र्यवहार निवारण आचारसंहिता २०७९,

५. लैङ्गिक हिसां न्यूनिकरण कोष संचालन कार्यविधि २०७९,

६.ज्येष्ठनागरिक परिचय पत्र वितरण कार्यविधि २०७९,

७.बालअधिकार संरक्षण तथा संम्र्वधन कार्यविधि २०८०,

रोजगार सेवा केन्द्र

  • आ.व.२०८०/०८१ मा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना अन्तर्गत कुल २४ वटा रोजगार आयोजनाहरु सञ्चालन गरि ४० जना बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गरिएको थियो।
क्र.स. वडा नं. रोजगार आयोजना संख्या
  • श्रमिकहरुलाई रोजगारीमा संलग्न गराउनु पूर्व लाभग्राही परिचयपत्र वितरण तथा अन्तरक्रिया कार्यक्रम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम र रोजगार आयोजनाको सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले वडा तथा गाउँ कार्यपालिकामा छलफल कार्यक्रम सञ्चालन गरिएको थियो।
  • रोजगार सेवा केन्द्रलाई स्थानीय तहमा आन्तरिकिकरण गरिएको, गाउँ कार्यपालिकाको आर्थिक विकास शाखा अन्तर्गत रहेर कार्य सञ्चालन गरिएको थियो।
  • गाउँ कार्यपालिकाको अन्य विषयगत शाखाहरुसंग समन्वय गरि एउटै उद्देश्य भएका शाखा र कार्यक्रमहरु मार्फत गाउँपालिकाको श्रमशक्तिलाई सिप र रोजगारसंग जोड्ने अधिकतम प्रयास गरिएको थियो।
  • वैदेशिक रोजगारी र आन्तरिक रोजगारी सम्बन्धमा रोजगार सेवा केन्द्रको सम्पर्कमा आएका व्यक्तिहरुलाई सो विषयहरुको बारेमा सहजिकरण गरिएको थियो।
  • गाउँपालिकामा सञ्चालन गरिने रोजगार आयोजनाहरु मार्फत गुणस्तरयुक्त र उपयोगी पूर्वाधार निर्माणका लागि पहल गरिएको थियो।
  • आन्तरिक रोजगारी सिर्जनाका लागि प्रयास गरिएको थियो।
  • एकिकृत श्रम तथा रोजगारी सेवा प्रवाहका लागि पहल गरिएको थियो।
  • प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन र प्रभावकारीता वृद्धिको लागि साझेदारी र समन्वयका लागि पहल गरिएको थियो।

 

रोजगार सेवा केन्द्रको आ..२०८०/ ०८१ को वार्षिक प्रगति प्रतिवेदन:

 

स्रोत शिर्षक बजेट विनियोजन खर्च खर्च प्रतिशत (%)
 

 

नेपाल सरकार

चालु (a) ५,००,००० ५,००,००० १००%
रोजगारी सिर्जना (b) नरहेको नरहेको नरहेको
कूल (c=a+b) ,००,००० ,००,००० १००%
 

   आइ.डि.ए.

                    

चालु (d)‍+ पूँजिगत (e) १४,९२,००० १३,८४,९५५ ९२.८२%
रोजगारी सिर्जना (f) २७,८४,००० २७,२०,८८० ९७.७३%
कूल (g=d+e+f) ४२,००,००० ४१,०५,८३५ ९७.७५%
कूल चालु तथा पूँजिगत (h=a+d+e) १९,९२,००० १८,८४,९५५ ९४.६२%
कूल रोजगारी  सिर्जना (i=b+f) २७,८४,००० २७,२०,८८० ९७.७३%
कूल बजेट (h+i) ४७,००,००० ४६,०५,८३५ ९७.९९%

 

क्र.सं. शिर्षक खर्च / साझेदारी
प्रदेश तथा अन्य सङ्घीय निकाय रोजगारी सिर्जना (a)
निर्माण सामग्री, हाते औजार तथा अन्य (b)
कूल (c=a+b)
स्थानीय तह रोजगारी सिर्जना (d)
निर्माण सामग्री, हाते औजार  तथा अन्य (e) – गाडा,

– गाडाको टायर,

– कोदालो,

– पिक,

– बिंड,

– रबरको पञ्जा,

-ज्याकेट, व्यवस्था गरिएको।

 

क्र.सं. कूल सूचिकृत बेरोजगार व्यक्ति सङ्ख्या प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीको लागि रुपान्तरण पहल
लक्ष्य रोजगारीमा संलग्न व्यक्ति कूल रोजगारी दिन औषत रोजगारी दिन लक्ष्य रोजगारीमा संलग्न व्यक्ति कूल रोजगारी दिन औषत रोजगारी दिन
 १ १३८  ०  ०  ०  ४० ४० ३७७९  ९४

 

योजना   शाखा

न्यायिक समिति

 

३१ असार २०८१, आईतवार ०६:४५ मा प्रकाशित
Nabintech