३ आश्विन २०८१, बिहीबार

प्रचण्डले भने धन्यवाद !

फाेर्स दैनिक

पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले झन्डै साढे १८ महिना देश र जनताको सेवामा समर्पित भएको बताएका छन्। सोमबार केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको कुर्सी हस्तान्तरणपछि उनले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झन्डै साढे १८ महिना देश र जनताको सेवा गरेको उल्लेख गरेका हुन्।

साथै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, ‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु।’

३२ असार २०८१, सोमबार १४:५४ मा प्रकाशित
Nabintech