२ कार्तिक २०८१, शुक्रबार

चर्चा बटुल्दै ‘बाँसको डोको’ बोलको गित

फाेर्स दैनिक

काँठ क्षेत्रको बहुचर्चित लोकप्रीय गायिका प्रतिमा आर्याल र उदयमान गायक राम कुमार महतको आवाजमा रहेको ‘बाँसको डोको’ बोलको गित अहिले चर्चित छ । काँठे शैलिको यो दोहोरी भाकाले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । हुनत अहिले लोक दोहोरी क्षेत्रको हस्तिको रुपमा चिरपरिचित चर्चित गायिका प्रतिमा आर्यालका अधिकांश गीतहरु दर्शकहरुका मनछुने छन । यथार्थ धरातलमा रहेर चोटिला र गहन शब्द चयन गर्न खप्पिस प्रतिमा आम नेपालीको मन मष्तिस्कमा बस्न सफल गायिका हुन । लोकदोहोरी क्षेत्रकी चम्किलो तारा प्रतिमा आर्यालको आर्कषक शब्द रहेको यो भाका माया प्रेम सँग सम्बन्धित काँठेलोक दोहोरी गीत हो । उनको पछिल्लो ‘बाँसको डोको’ बोलको गित आम युवाको बिचमा झनै लोकप्रीय बनेको छ ।

सुरज अधिकारीको लय , प्रतिमा अर्यालको शब्द, मिलन श्रेष्ठको निर्देशन, राजाराम सिंखडाको कोरियोग्राफी,गोपाल दयालको रेकर्डिङ,सन्तोष तिमल्सिनाले छायाँकन गरेको ‘बाँसको डोको’ बोलको गितको नारायण दंगालले एरेन्ज गरेका हुन। गितको सम्पादन रोसन धितालले गरेका हुन भने  संजिव ठकुरी र आयुष्मा कार्कीले अभिनय गरेका छन । गितको मिक्सिङ मास्टर मनोज परियारले गरेका छन । म्युजिक प्लस (एम एच ), गोंगबुमा रेकर्ड गरिएको यस गीतको निर्माण मिलन फ्लिम प्रोडक्सन प्रा.लि.ले गरेको हो ।

१० श्रावण २०८१, बिहीबार ११:३२ मा प्रकाशित
Nabintech