१४ कार्तिक २०८१, बुधबार

काँग्रेसद्धारा ललितपुरमा बाढीका कारण मृत्यु भएका परिवारलाई नगद सहयोग

विपदमा परेकाहरुलाइ सहयाेग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्नेछ - सभापति देउवा

फाेर्स दैनिक

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपदमा परेकाहरुलाइ सहयाेग गर्नेहरुप्रति पार्टीले उच्च मुल्यांकन गर्ने बताउनु भएकाे छ। “सुखदुःखमा कांग्रेस, सहयात्राकाे सन्देश” भन्ने नाराका साथ पूर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतकाे सहयाेगमा आज मंगलबार ललितपुरमा बाढिपहिराेबाट मृत्यु हुनेका परिवारलाई नगद राहत वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सभापति देउवाले अहिले भाषण गर्ने भन्दापनि विपदमा रहेकाहरुलाई सहयाेग गर्ने र उनीहरुकाे समस्या समाधान गर्नेमा लाग्नुपर्ने बेला रहेकाे बताउनुभएको हाे ।

“पार्टीको तर्फबाट तपाईंहरु सहयाेगी सबैलाई धन्यवाद दिन चाहान्छु, पार्टीकोतर्फबाट महत्त्वपूर्ण काम गर्नुभएको छ, अझै गर्नुहुनेछ भन्ने विश्वास छ, देशभर सबेै ठाउँमा ठूलाे नाेक्सानी भएको छ, धेरै साथीहरूले ज्यान गुमाउनुपरेको छ, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु।” सभापति देउवाले भन्नुभयो ।
सभापति देउवाले आफ्नै जिल्ला धेरै क्षति भएको अवस्थामा पनि सहयाेग उपलब्ध गराएर पूर्वमन्त्री माेहन बस्नेतले धेरै राम्रो काम गरेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभयाे । उहाँले पार्टीका पदाधिकारी तथा सदस्यहरुका साथै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निरन्तरता राहत र पुनःस्थापनाका लागि खटिएर काम गर्न आग्रह गर्नुभयाे।

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहनबहादुर बस्नेतले आफूले भूकम्प, काेभिडलगायतका महामारीको समयमा पनि राहत,उद्धार र सहयाेग गर्ने काममा महत्त्वपूर्ण काम गरेको बताउँदै बाढिपहिराेले क्षति पुर्‍याएकाे यस महत्त्वपूर्ण अवस्था पनि सहयाेग गर्नु दायित्व सम्झेर काम गरेको बताउनुभयो । “म पनि ललितपुरसंग भावनात्मक रुपले जाेडिएकाे छु, २०४८ सालमा यहीँ डेरामा बस्दाबस्दै चुनाव लडेकाे हुँ, त्यसैले विपदकाे समयमा याे ठाउँमा सहयाेग गर्नुपर्छ भन्ने लागेकोले पहल गरेको हुँ।” उहाँले भन्नुभयो । उहाँले बाढिपहिराेमा प्रभावितहरुकाे सहयाेगका लागि देशव्यापी रुपमा क्रियाशील रहने बताउनुभयो ।
बस्नेतकै समन्वय र सहयोगमा आज ललितपुरमा मृत्युु भएका ४६ जना र वेपत्ता भएका पाँच जनाका परिवारलाई २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको हाे ।

ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले विपदबाट भएको मानवीय क्षति र भाैतिकमा सहयाेग गरेर मलम पट्टी लगाउन कांग्रेसले प्रयास गरेको बताउनुभयो । उहाँले बाढिपहिराेबाट सृजित विपदकाे समयमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले महत्त्व भूमिका निर्वाह गरेकाे बताउनुभयो । नेपाली कांग्रेस ललितपुरले बाढिपहिराे पीडितहरुका लागि संकलन गरेको २ लाख २७ हजार पाँच सय पाँच रुपैयाँ बागमती गाउँपालिका आश्राङका घर बगेका सुकुम्बासीहरुका लागि प्रदान गरेको छ। आश्राङकाे १ हजार पाँच सय राेपनीभन्दा बढि खेत र धानबालीमा क्षति पुर्‍याएकाे छ । नेपाली कांग्रेस ललितपुरकाे समन्वय र सहजीकरणमा भएको कार्यक्रमका लागि सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका, भाेटेकाेशी र,त्रिपुरासुन्दरी गाउँपालिका समेतले सहयाेग उपलब्ध गराएका थिए ।

१३ कार्तिक २०८१, मंगलवार २०:०३ मा प्रकाशित
Nabintech