२३ माघ २०८१, बुधबार

ट्रम्पको चेतावनी : क्यानडा‚ ग्रिनल्याण्ड र पानामा नहर कब्जामा लिने

फाेर्स दैनिक

 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा‚ ग्रिनल्याण्ड र पानामा नहर कब्जामा लिने चेतावनी दिएका छन्।अमेरिकाको राष्ट्रिय सुरक्षामा यी देश र भूमि महत्त्वपूर्ण भएको ट्रम्पको भनाइ छ। ग्रिनल्याण्ड डेनमार्कको स्वायत्त क्षेत्र हो।

ट्रम्पले अमेरिका र क्यानडाको जोडिएको सीमालाई कृत्रिम रूपमा खिचिएको रेखा भनेका छन्। ग्रिनल्याण्ड र पानामा नहर कब्जामा लिन सैन्य वा आर्थिक बल लगाउनु हुन्छ कि हुन्न भनेर सोधिएको प्रश्नमा उनले उक्त जवाफ दिएका थिए।

फ्लोरिडामा रहेको मार–अ–लागो होटलमा पत्रकार सम्मेलनमा क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्। ट्रम्पको अभिव्यक्तिसँगै क्यानडा‚ डेनमार्क र पानामा दुवैले आफ्नो भूभाग त्याग्ने सङ्केत अस्वीकार गरेका छन्।

यसैगरी मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने पनि ट्रम्पले घोषणा गरेका छन्।ग्रिनल्याण्ड कब्जा गर्ने ट्रम्पको अभिव्यक्तिसँगै जर्मनीले त्यसो नगर्न ट्रम्पलाई भनेको छ। जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले ‘सीमाहरू बलपूर्वक सार्न पाइँदैन’ भन्दै टिप्पणी गरेका छन्।

२४ पुष २०८१, बुधबार २०:४७ मा प्रकाशित
Nabintech