२३ माघ २०८१, बुधबार

पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को निर्वाचनमा नेल्टा नेपाल र नेभ्ला नेपाल बिच गठबन्धन

फाेर्स दैनिक

पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषद्को २०८१ माघ १८ गते हुने प्रथम निर्वाचनको लागि नेल्टा नेपाल र नेभ्ला बिच गठबन्धन भएको छ । गठबन्धनले काजि बहादुर श्रेष्ठको नेतृत्वमा निर्वाचनमा जाने प्यानल घोषणा गरेको छ । काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठको टिमले बिहिबार उम्मेद्वारी घोषणा गरेको हो ।

पशु सेवामा सम्लग्न सबैको २५ औ बर्षको लामो अथक प्रयास बाट प्राप्त पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषदको एतिहासिक प्रथम निर्वाचन सम्पन्न गरि नयाँ नेतृत्व चयन गर्न आम व्यसायिलाई श्रेष्ठले आव्हान गरेका छन । सबैको सँयुक्त प्रयासले प्राप्त परिषदको निर्वाचनमा पनि सहमति र सहकार्यबाट नै जानु पर्छ र यस क्षेत्रमा सँलग्न केहि व्यत्तिहरुमा हेरिएको एकाङकी ,व्यक्तिवादी अराजकताको अन्त्य हुन सक्ने उनको भनाई छ । सर्वपक्षीय सहभागिता, पुस्ता हस्तान्तरण , नेतृत्व विकास जस्ता तमाम नियमको विकास हुन्छ भन्ने हेतुले आफुहरु ठुलाशक्ती सहकार्य र गठबन्धन गरेर जाने साथै अन्य शक्तिलाई पनि यसमा समावेश गरिने उपाध्यक्षका उम्मेद्वार श्रेष्ठको भनाई छ ।

गठबन्धनका तर्फबाट काजि बहादुर श्रेष्ठ(उपाध्यक्ष), महेन्द्र भण्डारी ,(सदस्य, पुरुष) , सुमन कुवँर(सदस्य, पुरुष),दिल माया श्रेष्ठ (सदस्य, महिला),चिना कुमारी लामा (सदस्य, महिला),पुरुषोत्तम पाण्डे (सदस्य, कोशी),अनिरुद शाह (सदस्य मधेश),ईश्वर प्रसाद घिमिरे (सदस्य, बागमती),नवराज अधिकारी ( सदस्य, गण्डकी),सुक बहादुर नेपाली ( सदस्य , लुम्बिनी),चिरन्जिवि उपाध्याय (सदस्य, कर्णाली) रलाल बहादुर बोहोरा ( सदस्य, सुदुर पश्चिम) उम्मेद्वार रहेका छन् ।

परिषदको गरिमालाई थप उचाईमा पुर्याउन, प्रभावकारी रुपमा प्रर्वधन र निकास गर्न समेत सबैको सहयोग आवश्यक रहेको भन्दै गठबन्धनले आफ्नो प्रतिबद्धता समेत सार्वजनिक गरेको छ ।

यस्तो छ गठबन्धनको प्रतिवद्धता :-
१ .पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषदले सुरु गरेका अधुरा कामको निरन्तरताको लागि । जस्तै कोड अफ ईथिक्स ,प्रिस्ऋिसन , मुल्य मान्यता र व्यवहारमा परिवर्तन गराउने ।
२. पशु स्वास्थ्य तथा सेवा व्यवसायी परिषदले राष्ट्यि तथा अन्तराष्ट्यि भाईचारा सस्थागत सँग सम्बन्ध विस्तार गर्ने ।
३. नेपाल भित्र रहेका पशु चिकित्सा पढाई हुने कलेज, यूनिभरसिटि बाहेकका सबै शिक्षालय र कलेजलाई समयसापेक्ष कोर्ष र समयअनुकुल प्राबिधिक धारणा परिमार्जन गर्ने काममा समन्वय गर्ने
४. प्राबिधिक धारमा अध्ययन गरेका माध्यमिक तह र डिप्लोमा तहका प्राबिधिक जनशक्ति तथा शैक्षिक उत्पादनलाई माथिल्लो शैक्षिक तहमा अध्ययन अध्यापन गर्ने गराउने कामको थालनी गर्ने
५. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको काममा तिव्रता ल्याई स्मार्टनेस बनाउने ।
६. निजि क्षेत्रमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको व्यवसायीलाई क्षमता बृद्यि गर्नेका लागी आवश्यकता अनुसारको तालिम , भ्रमण र सैलियत व्याजदरमा बैँकबाट ऋण उपलब्ध गराउने काममा सहजिकरण गर्ने ।
७. सबै पशु स्वास्थ्य तथा सेवा व्यवसायीहरुलाई एकजुट भएर अगाडि बढ्र्न समन्वयात्मक भूमिका निर्वाह गर्ने।

२५ पुष २०८१, बिहीबार २१:३५ मा प्रकाशित
Nabintech