२३ माघ २०८१, बुधबार

पानवारी एफसीलाई मच्छिन्द्र कप उपाधि

फाेर्स दैनिक

मच्छिन्द्र कपको उपाधि पानवारी फुटबल क्लबले जितेको छ । प्रस्तावित केराबारी रङ्गशालामा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा पानवारीले दमकलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।

उपाधि रक्षा गरेको पानवारीले उपाधिसहित तीन लाख रुपियाँ पुरस्कार पायो । उपविजेता दमकले एक लाख ५० हजार रुपियाँसहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा पानवारी एफसीका गोलक्षक रोशन कार्कीले दमकका दुई खेलाडीको प्रहार रोकिदिँदा पानवारी उपाधि जित्न सफल भयो । पानवारीको जितमा हिरो बन्नु भएका गोलरक्षक कार्कीले उत्कृष्ट गोल रक्षक हुँदै नगद १० हजार रुपियाँ र ट्रफि प्राप्त गर्नुभयो ।

फाइनलको म्यान अफ दि म्याच जर्सी विजेता टिमका दोर्जे तामाङ हुनुभयो । यस्तै बेस्ट मिड फिल्ड दमकका जय गुरुङ र बेस्ट फरवार्ड दमककै खेलाडी यामी हुनुभयो ।

सर्वाधिक गोलकर्ता दमकका हरि कार्की, उदयीमान खेलाडी आयोजक केराबारीका सुशान्त तामाङ, सर्वोत्कृष्ट खेलाडी पानवारीका अर्विन राई, बेस्ट कोच पानवारीका मच्छिन्द्र गुरुङ घोषित हुनुभयो । उहाँहरूले १० हजार रुपियाँसहित ट्रफि प्राप्त गर्नुभयो ।

विजयी टिमलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले पुरस्कार प्रदान गर्नुभयो । पुस २० गते देखि भएको प्रतियोगितामा झापा, मोरङ, सुनसरी, धनकुटा र काठमाडौँका आठ टिमले प्रतिस्पर्धा गरेका थिए ।

२८ पुष २०८१, आईतवार २०:५९ मा प्रकाशित
Nabintech