२ माघ २०८१, बुधबार

चीनले ल्यायो ऊर्जा बचत गर्ने ‘कार्बन फाइबर मेट्रो ट्रेन’

फाेर्स दैनिक

पूर्वी चीनको शानडोङ प्रान्तको बन्दरगाह सहर चेङ्दुमा सेट्रोभो १.० नामक कार्बन फाइबर मेट्रो ट्रेनले यात्रु सेवा शुरु गरेको छ।

शुक्रबार शुरु गरिएको यो मेट्रो ट्रेनमा कार्बन फाइबर कम्पोजिट बडी फ्रेम छ। यसले मेट्रो ट्रेनको बडी र बोगी फ्रेमको तौल क्रमशः २५ प्रतिशत र ५० प्रतिशतले घटाउँछ ।

सीआरआरसी लिमिटेडका ट्रेनका मुख्य डिजाइनर लिउ जिन्झुले सञ्चालनका क्रममा प्रत्येक ट्रेनको ऊर्जा खपत ७ प्रतिशतले घटाउन सकिने बताए। यसले गर्दा वार्षिकरूपमा १३० टन कार्बनडाइअक्साइड उत्सर्जनमा कमी आउनेछ।

विशेषगरी, कार्बन फाइबर सामग्रीको प्रयोगले गाडीलाई बलियो बनाउँछ। साथै, यसको संरचनाको स्थायित्व बढाउँछ। यो रेलको क्याबिन भित्री भाग कार्बन फाइबर तत्त्वले भरिपूर्ण छ ।

रेलमा उन्नत भाइब्रेसन ड्याम्पिङ र साउण्ड आइसोलेसन पनि समावेश छ, जसले यात्रुहरूका लागि सहज सवारी र थप सहज अनुभव सुनिश्चित गर्छ।

२९ पुष २०८१, सोमबार ०७:४८ मा प्रकाशित
Nabintech