२ माघ २०८१, बुधबार

महानगरले सडकपेटीको कर्बस्टोन भत्काउनेलाई तिरायो जरिवाना

फाेर्स दैनिक

काठमाडौं महानगरपालिकाले सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै एक घर धनीलाई जरिवाना तिराएको छ ।महानगरपालिका १७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले १० हजार जरिवाना तिराएको हो ।

नयाँ घर बनाउन प्रयोग गरिने सामग्री ढुवानीका क्रममा सडकपेटीको कर्बस्टोन भत्किएको पाइएकोले कारबाही स्वरूप जरिवाना गरिएको महानगरले जनाएको छ ।

१ माघ २०८१, मंगलवार २१:५५ मा प्रकाशित
Nabintech