२३ माघ २०८१, बुधबार

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान गरिने

फाेर्स दैनिक

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ।हिजो उनीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि बुधवार आक्रमण भएको थियो।आफूमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै त्रिपाठीले प्रहरीमा जाहेरी दिएका थिए।

३ माघ २०८१, बिहीबार २०:२५ मा प्रकाशित
Nabintech