२३ माघ २०८१, बुधबार

निक्षेपमा दिने व्याज दर घटेसँगै, मुद्दती नविकरण पनि घट्न थाल्यो

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने व्याज दर घटाउँदै लगेसँगै मुद्दती निक्षेप विस्तारै घट्न थालेको छ । चालु आवको पाँच महिनामा मुद्दती निक्षेप १ खर्ब २६ अर्ब ४० करोड ५४ लाख रुपैयाँले घटेको छ ।

फाेर्स दैनिक

चालु आवको शुरुवातमा क, ख र ग वर्गका बैंक तथा वित्तीय सँस्थासँग गरेर कुल ६४ खर्ब ९५ अर्ब ५८ करोड रुपैयाँ कुल निक्षेप रहेकोमा पाँच महिनामा १ खर्ब ८५ अर्ब ३६ करोडले निक्षेपमा वृद्धि भएको छ । कुल निक्षेपमा चालु आवको शुरुमा बचत निक्षेपमा १९ खर्ब ५४ अर्ब ३८ करोड रुपैयाँ थियो भने मुद्दती निक्षेपमा ३६ खर्ब ४२ अर्ब ८३ करोड रुपैयाँ थियो । मंसीर मसान्तसम्म आइपुग्दा बचत निक्षेपमा २ खर्ब ७१ अर्ब १३ करोडले वृद्धि भएर २२ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने मुद्दती निक्षेप भने १ खर्ब २६ अर्ब ४० करोड रुपैयाँले घटेर ३५ खर्ब १६ अर्ब ६४ करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

६ माघ २०८१, आईतवार २०:३३ मा प्रकाशित
Nabintech