१७ माघ २०८१, बिहीबार

विद्यालय तहमा पाठ्यक्रम समूह थप: विद्यार्थीको रोजाइमा भाषिक अध्ययनको अवसर

विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो रुचिका भाषा अध्ययन गर्न थप अवसर प्रदान गरिएको छ। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा भाषाको छुट्टै समूह थप्ने महत्वपूर्ण निर्णय गरेको छ। यस निर्णयसँगै कक्षा १०, ११, र १२ का विद्यार्थीले थप लचिलोताका साथ ऐच्छिक विषय छनोट गर्न पाउने भएका छन्।

फाेर्स दैनिक

काठमाडौं: विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नो रुचिका भाषा अध्ययन गर्न थप अवसर प्रदान गरिएको छ। पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षामा भाषाको छुट्टै समूह थप्ने महत्वपूर्ण निर्णय गरेको छ। यस निर्णयसँगै कक्षा १०, ११, र १२ का विद्यार्थीले थप लचिलोताका साथ ऐच्छिक विषय छनोट गर्न पाउने भएका छन्।

पाठ्यक्रम विकास केन्द्रको हालै सम्पन्न बैठकले नेपालको विविध भाषाको संरक्षण र प्रवर्द्धनलाई प्रोत्साहन गर्न यो परिमार्जन गरेको हो। यसअघि अनिवार्य विषयबाहेक विद्यार्थीले ऐच्छिक पहिलो र ऐच्छिक दोस्रो समूहबाट मात्रै विषय छनोट गर्न सक्थे। तर अब भाषासँग सम्बन्धित पाठ्यक्रमलाई छुट्टै समूहमा राखिएको छ, जसले विद्यार्थीलाई अन्य विषयहरूसँग भाषा पनि अध्ययन गर्ने अवसर प्रदान गर्दछ।

भाषाको छुट्टै समूहको आवश्यकता

पहिलेको पाठ्यक्रम संरचनामा गणित, अर्थशास्त्र, भूगोल, इतिहास, नागरिकशास्त्र, जनस’ख्या अध्ययन, बजारशास्त्र र वातावरण विज्ञानजस्ता विषयहरूसँगै नेपाली, मैथिली, अरबी, भोजपुरीलगायतका भाषासँग सम्बन्धित विषयहरू एउटै समूहमा थिए। यसले विद्यार्थीलाई एउटै ऐच्छिक विषय रोज्न बाध्य बनाउँथ्यो। तर अब भाषाको छुट्टै समूह बनेपछि विद्यार्थीले विज्ञान, समाजशास्त्रजस्ता विषयहरूसँग भाषा पनि पढ्न पाउनेछन्।

समूह विस्तार र विषय छनोटको सुविधा

यसअघि कक्षा ११ र १२ मा चार वटा समूह रहेकोमा अब पाँच वटा समूह बनेका छन्। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार पाँच वटा समूहबाट विद्यार्थीले तीन वटा विषय छान्न पाउनेछन्। यो परिमार्जनले विद्यार्थीको रुचि र भविष्यको करियर छनोटमा सहयोग पुर्’याउने अपेक्षा गरिएको छ।

भाषिक विविधताको प्रवर्द्धन

पाठ्यक्रम विकास केन्द्रले हाल भाषासँग सम्बन्धित ३० वटा पाठ्यक्रम तयार पारेको छ। यसले नेपालमा बोलिने विभिन्न मातृभाषाहरूको संरक्षण र विकासमा महत्वपूर्ण योगदान पुर’याउने विश्वास गरिएको छ। शिक्षामन्त्री विद्या भट्टराईले अरू विषय र भाषा एउटै समूहमा हुँदा विद्यार्थीले आफ्नो रुचिको भाषा पढ्नबाट वञ्चित हुनु परेको समस्यालाई सम्बोधन गर्न यो सुधार गरिएको बताउनुभयो।

१६ माघ २०८१, बुधबार ०६:५० मा प्रकाशित
Nabintech